सामाजिक सद्भाव भड्काउने गतिविधिमा संलग्न रहेको आरोपमा नेपाल प्रहरीले विभिन्न जिल्लाबाट ३९ जनालाई पक्राउ गरेको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी अबिनारायण काफ्लेका अनुसार शुक्रबार मात्रै ३९ जनालाई पक्राउ गरिएको हो।
पक्राउ परेकामध्ये धनुषामा २१ जना, सिरहामा ५ जना, सर्लाहीमा ९ जना, पर्सामा १ जना, महोत्तरीमा २ जना र सप्तरीमा १ जना छन्।
उनीहरूमाथि सामाजिक सद्भाव तथा सार्वजनिक शान्ति भड्काउने गतिविधिमा संलग्न भएको आरोपमा थप अनुसन्धान भइरहेको डिआइजी काफ्लेले जानकारी दिए।
यसअघि साउन १३ गते सुनसरीबाट २ जनालाई पक्राउ गरिएको थियो।
त्यस्तै, साउन १४ गते धनुषाबाट १२ जना, महोत्तरीबाट १० जना, सिरहाबाट १ जनालाइ पक्राउ गरिएको थियो। उनीहरूलाई भने प्रहरीले रिहा गरेको छ।