नेपाल प्रहरीले तीन जना डिएसपी र पाँच जना इन्स्पेक्टरको सरूवा गरेको छ।
प्रहरी प्रधान कार्यालयले शुक्रबार तीन जना डिएसपी र पाँच जना इन्स्पेक्टरको काज सरुवा गरेको हो।
काठमाडौंको प्रहरी वृत्त बौद्धमा मदनजीत महरालाई पठाइएको छ। उनी यसअघि अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा कार्यरत थिए।
त्यस्तै, वडा प्रहरी कार्यालय बैदाममा डिएसपी सूर्यबहादुर बोगटीलाई पठाइएको छ।
जिल्ला प्रहरी कार्यालय भोजपुरमा डिएसपी ज्ञानबहादुर खड्कालाई पठाइएको छ।
प्रधान कार्यालयले इलाका प्रहरी कार्यालय गोलबजार, सुनसरीमा इन्स्पेक्टर दिपक खरेललाई खटाएको भने सरिता मगरलाई वडा प्रहरी कार्यालय रामबजार कास्कीमा सरूवा गरेको छ ।
यशोदा घले प्रहरी प्रभाग बाँडेगाउँ ललितपुर, मधुसुदन विश्वकर्मा इलाका प्रहरी कार्यालय गौशाला महोत्तरी, र सुरेन्द्रविक्रम बर्तौला इलाका प्रहरी कार्यालय हरिवन सर्लाहीमा काज सरूवा भएका छन्।