नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा दिनहुँजसो कार्यक्रम भइरहेका छन्।
आज ३ वटा कार्यक्रम चल्दैछ।
उपसभापतिसमेत रहेका केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माका अनुसार आज ३ वटा हलमा फरक फरक कार्यक्रम चल्नेछ। केही कार्यक्रम सुरू भइसकेका छन्।
विपद पूर्वतयारी तथा प्रतिकार्य प्रशिक्षणबारे ४० जना युवाहरूलाई कांग्रेसले प्रशिक्षण दिइरहेको छ। यो कार्यक्रम शनिबार सभापति गगन थापाले उद्घाटन गरेका थिए, सोमबारसम्म चल्नेछ।
सुवर्णशम्शेर इकोनोमिक सिरिजअन्तर्गत आज दिउँसो 'डिजिटल इकोनोमी- स्थानीय रोजगार, पहुँच विश्व बजार' कार्यक्रम पनि छ। नेता गोविन्दराज पोखरेलको नेतृत्वमा यो कार्यक्रम हुँदैछ।
यस्तै ग्रीन टेबलअन्तर्गत 'युवावय नेपाल- जनसांख्यिक लाभांशको अभूतपूर्व अवसर र हाम्रो सामर्थ्य' विषयमा छलफल पनि आयोजना गरिएको छ। यो कार्यक्रम अपराह्न ४ बजे सुरू हुनेछ।