नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक आह्वान गरेको छ।
साउन २४ गते आइतबार दिनको १ बजे बस्ने गरी केन्द्रीय समिति बैठक आह्वान भएको हो।
बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।
उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरू उपस्थिति रहनेछ।