काठमाडौंको मैतीदेवी-पशुपतिनाथ धार्मिक यात्रामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पनि सहभागी भएका छन्।
प्रवक्ता मोहन श्रेष्ठका अनुसार नेपाल सनातन धर्म संस्कृति संगठनले साउनको अन्तिम सोमबार आयोजना गरेको यात्रमा अध्यक्ष लिङ्देन पनि सहभागी भएको बताए।
यात्रामा वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, सांसद खुस्बु ओलीलगायत पनि सहभागी थिए।
सनातन हिन्दु राष्ट्रका लागि भन्दै यो यात्रा गरिएको थियो।