राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीको सातौं अधिवेशनबाट सागर प्रताप राणा पुनः अध्यक्षमा चयन भएका छन्।
विगत ३२ वर्षदेखि जिल्ला अध्यक्ष रहेका राणाको यो नवौं कार्यकाल हो। राणा सिद्धार्थनगर नगरपालिकाका पूर्व नगरप्रमुख समेत हुन्।
राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले आइतबार अधिवेशनको उद्घाटन गरेका थिए।
सोही अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको हो।
राप्रपाले अधिवेशनबाट सदस्यहरू चयन गर्ने सदस्यहरूबाट पदाधिकारी चयन गर्ने गर्दै आएको छ।
यसरी चयन गरिने जिल्ला कार्यसमितिमा एक जना महिला उपाध्यक्ष अनिवार्य गरिएको छ भने तीन जना उपाध्यक्ष, एक सचिव, एक कोषाध्यक्ष, एक सहसचिव र एक सह–कोषाध्यक्ष रहने गर्छ।
आइतबार ४१ सदस्यीय कार्यसमिति चयन गरिएको छ।
जसमा विक्रम केसी, आबिद अलि पठान, चुन्न प्रसाद पौडेल, जितेन्द्र केसी खड्का, पदमा कुमारी थापा, तुफेल पठान, गुमानसिंह सोनी, छेदीलाल श्रीवास्तव, नरेन्द्र थापा, भीमप्रसाद पाण्डेय, प्रदीप कुमार कसौधन, शिला पाशी, दिनानाथ अहिर यादव, ज्ञानेन्द्र श्रेष्ठ, ओमप्रकाश चौधरी कुर्मी, रामबहादुर थापा, प्रेमबहादुर भण्डारी, खोमबहादुर सिंह, उमादेवी खवास र शिवकान्ति चमार रहेका छन्।
त्यस्तै रफिक शाह, मुक्तिनाथ यादव, अहमद अलि शाह, रवीन्द्र कुमार पाण्डे, सलमान अहमद खाँ, ईशान भण्डारी, शङ्कर खत्री, राधिका पाण्डेय, नाजिर अलि, सनोज कुमार यादव, अरुणा हमाल ठकुरी, हरिबहादुर केसी, राजेन्द्र प्रसाद साहनी, पम्फा कुमारी कुँवर, दिलीप बहादुर खत्री तिवारी, मनमोहन न्यौपाने, राजेश कुमार ढकाल, रामु बरई, शाहरुख पठान र जगत बहादुर खत्री क्षेत्री पनि सदस्यमा चयन भएका छन्।