पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेका छन्।
भट्टराईले १ लाख रुपैयाँ सहयोग गरेका हुन्।
‘पूर्वप्रधानमन्त्री भट्टराईले भोटेकोशी बाढीपीडितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ लाख सहयोग रकम जम्मा गर्नुभएको छ,’ सचिवालयले भनेको छ।
भदौ १० गते भोटेकोशी-त्रिशूलीमा बाढी आउँदा ठूलो जनधनको क्षति भएको थियो।