नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले भोटेकोशी बाढी प्रभावितका लागि केन्द्रीय कार्यालयले बनाएको कोषमा १७ लाख ६२ हजार ९५७ रुपैयाँ जम्मा गरेको छ।
भदौ १० गते भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ चितवन लगायतका जिल्लामा ठूलो मानवीय एवं भौतिक क्षति गरेकोले ती क्षेत्रमा राहत तथा उद्दारका लागि काभ्रे कांग्रेसले राहत रकम हस्तान्तरण गरिएको हो।
पार्टी सदस्य र शुभेच्छुकबाट संकलन गरेको रकम हस्तान्तरण गरिएको नेपाली कांग्रेस काभ्रेपलाञ्चोकका सभापति तीर्थ लामाले
जानकारी दिए।
कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा पुगेर सहमहामन्त्री उदयशमशेर राणा र प्रवक्ता देवराज चालिसेलाई उक्त सहयोग रकम हस्तान्तरण गरेकाे लामाले बताए।
मानवीय सेवाका लागि उक्त रकम पार्टीको केन्द्रीय विपद व्यवस्थापन कोषमार्फत प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा पठाइने कांग्रेसले जनाएको छ।
कांग्रेसले सरकारी कोषमा १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।