नेपाली कांग्रेसका सभापति गगन थापा बाढी प्रभावित क्षेत्र पुगेका छन्।
सभापति थापा आज नुवाकोटस्थित बिदुर नगरपालिका वडा नम्बर ३ पुगेका हुन्।
भदौ १० गते भोटेकोशी-त्रिशूलीमा बाढी आउँदा ठूलो जनधनको क्षति भएको थियो। अझै पनि उद्धारका काम भइरहेका छन्।
सभापति थापासँग केही स्थानीयले सुरूङलगायत क्षेत्रमा उद्धारमा ढिलाइ भएको गुनासो गरेका थिए।