विराटनगरस्थित नोना कोइराला स्मृति प्रतिष्ठानले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
भोटेकोशी-त्रिशूली बाढी पीडितका लागि प्रतिष्ठानले उक्त रकम सहयोग गर्ने भएको हो।
भदौ १० मा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि प्रतिष्ठानले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो।
प्रजातन्त्र सेनानी तथा महिला नेतृ नोना कोइरालाको स्मृतिमा स्थापना भएको यस सामाजिक संस्थाको संरक्षक नेपाली कांग्रेसका नेता शेखर कोइराला तथा अध्यक्ष पुनम कोइराला छन्।