सभामुख डोलप्रसाद अर्यालले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप राहत तथा उद्धार कोषमा जम्मा गरेका छन्।
सभामुख अर्यालकी स्वकीय सचिव मुना कुँवरका अनुसार प्रधानमन्त्रीले आफ्तो तलब सुविधा बराबर रकम कोषमा जम्मा गरिदिन संघीय संसद सचिवालयलाई निर्दशन दिएका हुन्।
सभामुखको सचिवालयमा भएका कर्मचारीहरूको भने नियुक्तिको श्रेणी/तह अनुसार तलब कोषमा जम्मा हुने भएको छ।
कुँवरका अनुसार विपदको कठिन घडीमा नागरिकको उद्धार राहत तथा पुनर्स्थापनमा सहयोग पुर्याउने दायित्व अनुसार सभामुखले पारिश्रमिक सहयोग गर्ने निर्णय गरेका हुन्।