नेपाली कांग्रेस दाङले बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि एक लाख एक हजार रूपैयाँ सहयोग रकम जम्मा गरेको छ।
रसुवाको भोटेकोशी–त्रिशूली बाढी प्रभावित नागरिकको राहत र उद्धारको सहयोगार्थ कांग्रेस केन्द्रीय कार्यसमितिले सञ्चालन गरेको नेपाली कांग्रेस विपद व्यवस्थापन कोषमा दाङ जिल्लाबाट त्यो रकम मंगलबार जम्मा गरेको हो।
पार्टीका जिल्ला कोषाध्यक्ष प्रकाश सुवेदीले दाङ जिल्लाले एक लाख एक हजार रूपैयाँ केन्द्रीय कोषमा जम्मा गरेको जानकारी दिए।
सुवेदीले कांग्रेसका नेता तथा कार्यकर्तालाई बाढीपहिरो पीडित नागरिकको सहयोगमा हातेमालो गर्न आग्रह पनि गरेका छन्।