गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज मन्त्रिपरिषद विस्तार गरेका छन्।
नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटालाई उनले मन्त्री बनाएका हुन्। मुख्यमन्त्रीको सिफारिसमा देवकोटालाई आज प्रदेश प्रमुखले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री नियुक्त गरेका थिए। उनको शपथसमेत भइसकेको छ।
यसअघि ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री नन्दप्रसाद न्यौपाने थिए। न्यौपानेलाई भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।
देवकोटा र न्यौपाने दुवै गोरखाका हुन्।
नेकपा एमालेले सरकार छाडेपछि यहाँ ४ मन्त्री रिक्त थिए।