नेपाली कांग्रेस जिल्ला कार्यसमिति गोरखाले सभापति गगन थापालाई भेटेर ७ लाख ९ हजार ६ सय ६६ रुपैयाँ हस्तान्तरण गरेको छ।
यो रकम कांग्रेस गोरखाले भोटेकोशी-त्रिशूली बाढी पीडितका लागि सहयोग गरेको हो।
कांग्रेसले सबै जिल्ला तथा कार्यकर्ताहरूबाट सहयोग रकम संकलन गरेर एक करोड रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा संकलन गर्ने भएको छ।
कांग्रेस गोरखाका सभापतिसमेत रहेका गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा स्वास्थ्य मन्त्री नन्दप्रसाद न्यौपानेले बुधबार सभापति थापालाई काठमाडौंमा भेटेर ७ लाख ९ हजार ६ सय ६६ रुपैयाँ हस्तान्तरण गरिएको जानकारी दिए।