नेपाली कांग्रेसका सभापति गगन थापा र नेता शेखर कोइरालाबीच आज भेटवार्ता भएको छ।
भेटघाटका पार्टीभित्रको आन्तरिक समस्या समाधानमा केन्द्रित थियो।
कोइरालाले अहिले देश, लोकतन्त्र र राष्ट्रियता अप्ठ्यारो अवस्थामा पुगेकाले पार्टी एकढिक्का हुनुको विकल्प नरहेको भन्दै यसका लागि आफ्नो तर्फबाट जे जति त्याग गर्न पनि आफू तयार रहेको प्रष्ट पारेको उनका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए।
जबाफमा सभापति थापाले आफू पनि पार्टी एकताकै पक्षमा रहेको बताएका थिए।
उनीहरूबीच भदौ १० गते भोटेकोशी बाढी र त्यसपछि रसुवा, नुवाकोट र धादिङको पछिल्लो अवस्थाका बारेमा पनि छलफल भएको थियो।
यो पनि- वडा अधिवेशन सुरू गर्नुअघि मतभेद मिलाउने अन्तिम प्रयासमा सभापति थापा