राष्ट्रिय प्रजातन्त्र पार्टीले भदौभित्र जिल्ला अधिवेशन सक्ने कार्यतालिका बनाएकोमा अझै ५ जिल्ला अधिवेशन गर्न बाँकी छ।
प्रवक्ता मोहन श्रेष्ठका अनुसार ७२ जिल्ला अधिवेशन गरी नेतृत्व चयन भइसकेको छ। बाँकी ५ जिल्लामा असोज १५ भित्रै जिल्ला अधिवेशन गर्न पत्राचार गरिएको उनले बताए।
‘निर्धारित भदौ मसान्तसम्म जिल्ला अधिवेशन गर्न असमर्थ रहेका जुम्ला र धनकुटा जिल्लालाई असोज १५ गतेसम्म अधिवेशन सम्पन्न गर्न केन्द्रीय निर्वाचन समितिले सम्बन्धित जिल्ला र जिल्ला निर्वाचन समितिलाई पत्राचार गरेको छ,’ उनले भने।
भदौ १० को भोटेकोशी बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङलाई पनि असोज १५ भित्र अधिवेशन सक्न भनिएको हो।
उनकाअनुसार यी जिल्लालाई यसअघि नै अधिवेशन तालिकामा सुविधा प्रदान गरिएको थियो।