नेपाली कांग्रेसको १५ औं महाधिवेशन सुरू भएको छ।
काठमाडौंको खुला मञ्चमा निर्धारित गरिएको भन्दा केही ढिला गरी १५ औं महाधिवेशनको उद्घाटन समारोह सुरू भएको हो।
उद्घाटन समारोह दिउँसो २ बजे हुने भनिएको थियो।
महाधिवेशन सुरू हुँदै गर्दा खुलामञ्चमा छिटपुट वर्षा पनि भएको छ।
उद्घाटन समारोहमा विभिन्न सांस्कृतिक समूहहरूले झाँकी प्रस्तुत गरिरहेका छन्।
उद्घाटन समारोहमा कांग्रेस काठमाडौंका सभापति सबुजकृष्ण बानियाँले स्वागत मन्तव्य दिएका छन्।
उद्घाटन समारोहलाई विभिन्न दलका शीर्ष नेताहरूले मन्तव्य दिनेछन्।
खुलामञ्चमा उद्घाटन समारोहपश्चात सोही ठाउँमा भोलिदेखि बन्द सत्र सुरू हुनेछ।
महाधिवेशन ७ हजार ५०० बढी प्रतिनिधि सहभागी छन्।


-ink-1791105400.jpeg)