नेपाली कांग्रेसका सभापति गगन थापा पोखरा पुगेका छन्।
उनी स्याङ्जामा आयोजित कार्यक्रममा सहभागी हुन पोखरा हुँदै स्याङ्जा जान लागेका हुन्।
सभापति थापालाई गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा लगायतले पोखरा विमानस्थल पुगेर स्वागत गरेका थिए।
स्याङ्जाको बिरूवा गाउँपालिका ७ मा नवनिर्मित मनकामना मन्दिर उद्घाटन र पार्टी कार्यक्रममा सभापति थापा सहभागी हुने कार्यक्रम तय रहेको पार्टीले जनाएको छ।
मनकामना मन्दिर गाउँपालिकाको प्रमुख धार्मिक केन्द्रमध्ये एक हो। दसैंको पूर्णिमामा यहाँ मेला लाग्ने गर्छ।