राप्रपा मधेसका ८ जिल्ला अध्यक्ष राजेन्द्र लिङ्देनका पक्षमा उभिएका छन्।
राप्रपाले मंसिर २६ देखि २८ गतेसम्म काठमाडौंमा आठौं महाधिवेशन गर्दैछ। लिङ्देन अध्यक्षमा पुन: उम्मेदवार हुन लागेका छन्।
वीरगञ्जमा आज भएको मधेस भेलाले लिङ्देनलाई पुन: अध्यक्ष बनाउन सहमत जनाएको नेताहरूको दाबी छ।
राप्रपा अध्यक्षमा लिङ्देन, नेता विक्रम पाण्डे र संसदीय दल नेता ज्ञानेन्द्र शाही उम्मेदवार हुने तयारीमा छन्।