प्रधानमन्त्री बालेन्द्र शाह र सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच तीन घण्टा लामो छलफल भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुई नेताबीच संवाद भएको हो।
बालेनको भारत भ्रमणको पूर्वसन्ध्यामा उनीहरूबीच शुक्रबार दिउँसो २ बजेदेखि ५ बजेसम्म तीन घण्टा लामो भेटवार्ता भएको हो।
प्रधानमन्त्री शाह ३४ सदस्यीय सरकारी टोलीको नेतृत्व गर्दै मंसिर ६ गते भारतको राजकीय भ्रमणमा जानेछन्।
प्रधानमन्त्री शाह आइतबार मध्याह्न १ बजेर ४५ मिनेटमा नेपाल एयरलाइन्सको नियमित उडानबाट दिल्ली प्रस्थान गर्ने भएका हुन्।
भ्रमण टोलीमा अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्र मन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेन, राजनीतिक सल्लाहकार असिम शाह लगायतका उच्च पदस्थ अधिकारी रहेनछन्।
प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग मंसिर ७ गते प्रतिनिधिमण्डल स्तरीय वार्ता गर्नेछन्।
दुई देशबीच सम्पर्क सञ्जाल विस्तार तथा उर्जासम्बन्धी परियोजना उद्घाटन गर्ने कार्यक्रम छ। व्यापार, पारवाहन, लगानी, सम्पर्क सञ्चाल र पूर्वाधार लगायतका विषयमा आर्थीक सहकार्यका विषयमा छलफल हुनेछ।