प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्।
प्रधानमन्त्री शाह नेतृत्वको ३५ सदस्यीय टोली भारत भ्रमणमा जान लागेको हो। भ्रमण टोलीमा अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकारलगायत सरकारी अधिकारी सहभागी छन्।
टोलीमा परराष्ट्र मन्त्रालयका अधिकारी, प्रधानमन्त्रीको सचिवालयका सदस्य, सुरक्षाकर्मी तथा सञ्चारकर्मीसमेत छन्। भ्रमण अघि उनले नेपाली सेनाबाट गार्ड अफ अनर भने नलिने भएका छन्।
प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा दुईदिने राजकीय भ्रमणका लागि भारत जान लागेका हुन्। उनी नेपाल वायुसेवा निगमको नियमित उडानबाट केहीबेरमा नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम छ। उनी सोमबार नै नेपाल फर्किनेछन्।
तस्बिरहरू:
-ink-1795334680.jpeg)
-ink-1795334680.jpeg)
-ink-1795334680.jpeg)
-ink-1795334679.jpeg)
-ink-1795334678.jpeg)
-ink-1795334679.jpeg)
-ink-1795334679.jpeg)
-ink-1795334679.jpeg)
-ink-1795334678.jpeg)
-ink-1795334678.jpeg)
-ink-1795334678.jpeg)
-ink-1795334678.jpeg)
-ink-1795334678.jpeg)