भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहलाई समकक्षी नरेन्द्र मोदीले स्वागत गरेका छन्।
नयाँ दिल्लीस्थित राष्ट्रपति भवन हैदरावाद हाउसमा प्रधानमन्त्री बालेनलाई मोदीले स्वागत गरेका हुन्।
स्वागत गर्ने क्रममा प्रधानमन्त्री मोदीले समकक्षी बालेनसँग अंकमाल गरेका थिए।
त्यसपछि राष्ट्रपति भवन परिसरमा उनीहरूलाई गार्ड अफ अनर दिइएको थियो।
प्रधानमन्त्री बालेनले भारत प्रस्थान गर्दा स्वदेशमा भने गार्ड अफ अनर लिएका थिएनन्।
प्रधानमन्त्री बालेन र मोदीबीच राष्ट्रपति भवनमा ११ बजेपछि प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता हुनेछ।
भेटवार्तामा भारतको अयोध्यादेखि नेपालको जनकपुरसम्म रेल सेवा सञ्चालन र भारतको धार्चुलादेखि नेपालको दार्चुलासम्म मोटरेबल पुल निर्माणलगायत विषयमा छलफल गर्ने तयारी छ।
द्विपक्षीय वार्तापछि प्रधानमन्त्री बालेन र मोदीले विभिन्न परियोजनाको भर्चुअल उद्घाटन गर्नेछन्।
त्यस क्रममा दुवै देशबीच समझदारीपत्र (एमओयू) तथा सम्झौतापत्र आदानप्रदान हुनेछ। त्यसपछि संयुक्त प्रेस वक्तव्य जारी गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री मोदीले आजै दिउँसो प्रधानमन्त्री शाहको सम्मानमा दिवाभोज आयोजना गर्नेछन्।
त्यसपछि प्रधानमन्त्री बालेनले दिउँसो भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्ने कार्यक्रम छ।
भेटघाटका कार्यक्रम सकेर प्रधानमन्त्री शाह आजै अपराह्न ४:५० बजे नयाँदिल्लीबाट काठमाडौंका लागि प्रस्थान गर्नेछन्।
उनी साँझ ६:३५ बजे काठमाडौं आइपुग्ने कार्यक्रम छ।
तस्बिरहरूः
-ink-1795410289.jpeg)
-ink-1795410288.jpeg)
-ink-1795410288.jpeg)
-ink-1795410288.jpeg)
-ink-1795410289.jpeg)
-ink-1795410290.jpeg)
-ink-1795410290.jpeg)
-ink-1795410290.jpeg)
-ink-1795410290.jpeg)
-ink-1795410290.jpeg)
-ink-1795410289.jpeg)
-ink-1795410289.jpeg)
-ink-1795410289.jpeg)
-ink-1795410290.jpeg)
-ink-1795410288.jpeg)
-ink-1795410289.jpeg)