प्रधानमन्त्री बालेन शाहले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन्।
भारत भ्रमण क्रममा सोमबार हैदराबाद हाउसमा प्रतिनिधिमण्डल स्तरीय भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री बालेनले समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्ता दिएका हुन्।
'यस महत्त्वपूर्ण अवसरमा महामहिम श्री नरेन्द्र मोदी ज्यूलाई सम्पूर्ण जनताको तर्फबाट नेपाल भ्रमणको हार्दिक निमन्त्रणा दिन चाहन्छु,' संयुक्त पत्रकार सम्मेलनमा उनले भने।
भारतका नागरिकहरूलाई पनि प्रधानमन्त्री बालेनले नेपालको भ्रमण गर्न अनुरोध गरे।
' मित्रराष्ट्र भारतका आत्मीय जनतालाई हिमालयको काखमा अवस्थित मुक्तिनाथ, भगवान श्री पशुपतिनाथ, तराईको समथर भूमिमा रहेकी माता जानकी, जीवित देवी कुमारी एवम् शान्तिका अग्रदूत भगवान गौतमबुद्धको जन्मस्थान नेपाल भ्रमणका लागि हार्दिक निमन्त्रणा गर्न चाहन्छु,' प्रधानमन्त्री बालेनले भने।