सोती घटनामा उच्च अदालत सुर्खेतले जातीय विभेदको कसुरलाई बदर गरेको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ।
शुक्रबार दिउँसो काठमाडौंको माइतीघरमा पीडित परिवार र अभियन्ताहरूले प्रदर्शन गरेका हुन्। उनीहरूले न्यायाधीश सोभाकान्त मैनाली र मातृकाप्रसाद भण्डारीलाई बर्खास्त गर्न माग गरेका छन्।
वैशाख १६ गते न्यायाधीशहरू सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको इजलासले सोती घटनामा जिल्ला अदालत रूकुम पश्चिमले तोकेको कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजायलाई सदर गर्ने फैसला गरे पनि जातीय विभेद भएको फैसला भने बदर गरेको थियो।
पढ्नुस्: सोती घटनामा उच्च अदालतबाट २३ जनाको जन्मकैद सजाय सदर, जातीय विभेदको कसुर बदर
सोती घटनामा मारिएका नवराजलगायतका युवकका परिवारले शुक्रबारदेखि नै माइतीघरमा धर्ना थालेका छन्।
तस्बिरहरू:
-1746174333.jpeg)
-1746174332.jpeg)
-1746174332.jpeg)
-1746174330.jpeg)
-1746174328.jpeg)
-1746174328.jpeg)
-1746174330.jpeg)
-1746174326.jpeg)
-1746174325.jpeg)
-1746174325.jpeg)
-1746174323.jpeg)
-1746174323.jpeg)
-1746174323.jpeg)
-1746174323.jpeg)