सुर्खेतमा चिर्पट प्रहारबाट घाइते भएका एक जनाको मृत्यु भएको छ।
गुर्भाकोट नगरपालिका-८ सुन्दरनगरका ६२ वर्षीय मानबहादुर राजीको मंगलबार दिउँसो मृत्यु भएको हो।
सुन्दरनगरमै अजय परियारको घरमा उनीमाथि स्थानीय ४० वर्षीय मैते भनिने टेकबहादुर विकले चिर्पट प्रहार गरेका थिए।
बुधबार बिहान साढे ११ बजे मानबहादुरमाथि चिर्पट प्रहार भएकोमा उनलाई सुरूमा उपचारका लागि प्रादेशिक अस्पताल कालागाउँ पठाइएको थियो।
स्वास्थ्यमा सुधार नआएपछि उनलाई कोहलपुल मेडिकल कलेज पुर्याइएकोमा दिउँसो २:१२ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त सूचना अधिकारी इन्स्पेक्टर श्याम प्रकाश यादवले जानकारी दिए।
इन्स्पेक्टर यादवका अनुसार मानबहादुरको टाउको र खुट्टामा चिर्पट प्रहार भएको थियो।
चिर्पट प्रहार गर्ने टेकबहादुरलाई प्रहरीले नियन्त्रणमा लिइ घटनाबारे अनुसन्धान अघि बढाएको छ।
मृतकको शव पोस्टमर्टमका लागि मेहेलकुना अस्पताल सुर्खेत को शवगृहमा ल्याइ राखिएको प्रहरीले जनाएको छ।
चिर्पट प्रहारको कारण भने खुलेको छैन।