काठमाडौंको सामाखुसीबाट खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन्।
बुधबार अपराह्न काठमाडौं-२६ टाउनप्लानिङमा रहेको एक घरबाट १०९ ग्राम खैरो हेरोइनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा झापा मेची नगरपालिका-१० का शंकर राजवंशी छन्।
लागुऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी निरीक्षक शरणबिक्रम शाह नेतृत्वको ६ जनाको टोलीले उनलाई ्पक्राउ गरेको हो। उनले कोठाको सिरानी मुनी प्लास्टिकसहित ११३.६८ ग्राम खैरो हेरोइन बरामद गरेको हो।
प्लास्टिक बाहेक १०९.२२ ग्रामको खैरो हेरोइन बरामद भएको हो।
उक्त कोठाबाट प्रहरीले एउटा डिजिटल तराजु, ९ वटा मोबाइल र ८२ हजार ६३५ रुपैयाँ नगद र ६ हजार भारतीय नगद बरामद गरेको छ।
लागुऔषध नियन्त्रण ऐन अनुसार १०० ग्राम भन्दा बढी जतिसुकै परिणामको कारोबार गर्नेलाई १५ वर्षदेखि जन्मकैद सम्मको सजाय हुनसक्ने व्यवस्था छ।