काठमाडौंबाट भन्सार छलीका ४८३ किलो काजु बरामद भएको छ।
काठमाडौं महानगरपालिका-१३ चक्कु मार्गबाट बा ८ च ६६ नम्बरको गाडीबाट उक्त काजु बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदिप चन्दले जानकारी दिए।
प्रहरी वृत्त कालिमाटीले दुई जना व्यक्तिलाई नियन्त्रणमा समेत लिएको छ।
धादिङका २४ वर्षीय रामबहादुर बिसुन्के र धनुषाका २४ वर्षीय आर्यन साह नियन्त्रणमा छन्।
काजु प्रतिकिलो एक हजार ३ सय रुपैयाँले बिक्री हुने प्रहरीले बताएको छ।