काठमाडौंमा लागुऔषधसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्।
भारत बिहार सीतामढी घर बताउने ४८ वर्षीय गणेश शर्मा पक्राउ परेका हुन्।
बुधबार काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३-००१ ख २८४४ नम्बरको बस चेक गर्ने क्रममा शर्मा लागुऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।
उनका अनुसार शर्मालाई चन्द्रागिरी नगरपालिका-२ नागढुंगास्थित चेकजाँच गर्ने क्रममा पक्राउ गरिएको हो।
उनको साथबाट लागुऔषध ट्रामाडोल २ हजार ४४० क्याप्सुल र नाईट्राभ्याट ४ हजार ५ सय ट्याबलेट बरामद गरिएको एसपी बोहराले जानकारी दिए।
शर्माविरूद्ध जिल्ला अदालतबाट १२ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ।