राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता अरनिको पाँडेलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको छ।
काठमाडौं जिल्ला अदालतले उनलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको साइबर ब्युरो प्रवक्ता एसपी दीपकराज अवस्थीले जानकारी दिए।
एक महिलाले पाँडेविरूद्ध सामाजिक सञ्जालमार्फत आफूलाई अपशब्द प्रयोग गरेको भन्दै जाहेरी दिएकी थिइन्।
जाहेरी दर्ता भएपछि पाँडे बुधबार आफै काठमाडौंस्थित साइबर ब्युरोमा उपस्थित भएका हुन्।
पाँडे राष्ट्रिय योजना आयोगका पूर्वसदस्य समेत हुन्।