पृथ्वी राजमार्ग एकतर्फ खुलेको छ।
धादिङको बेनिघाट रोराङ गाउँपालिका-१० बादरेमोडमा शनिबार बिहान खसेको सुख्खा पहिरो पन्छाइएपछि राजमार्ग एकतर्फी सञ्चालनमा आएको धादिङ प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी सुवास हमालका अनुसार बिहान साढे ९ बजेदेखि राजमार्ग एकतर्फी सञ्चालनमा आएको हो।
बिहान पौने ७ बजे सुख्खा पहिरो खसेपछि बाटो पूर्ण रूपमा अवरूद्ध भएको थियो।
कुनापट्टिको ठूलो भाग खसेर सडक थुनिएपछि दुइटा मेसिनले पहिरो पन्छाइएको थियो।
सडक एकतर्फी सञ्चालनमा आएपछि रोकिएका सवारी साधनहरूलाई पालैपालो पास गराइएको छ।
सडक दुईतर्फी नै सञ्चालन हुनेगरी पहिरो पन्छाउने काम पनि भइरहेको प्रहरीले जनाएको छ।