काठमाडौंमा आइतबार गौरा पर्व मनाइएको छ।
टुँडिखेलमा गौरा पर्व मनाइएको हो।
भाद्र कृष्ण पञ्चमीका दिनदेखि आरम्भ हुने गौरा पर्वको पहिलो दिन घर–घरमा महिलाले तामाका भाँडामा बिरूडा अर्थात् पाँच प्रकारका अन्न भिजाएर पर्वको थालनी गरेका छन्।
महिलाले व्रत बसेर गहुँ, केराउ, गहत, मास र गुरौस मिसाएर तामाका भाडामा भिजाएका छन्। यिनै पाँच अन्नको मिश्रणलाई ‘बिरूडा’ भन्ने गरिन्छ। महिलाले दोस्रो दिन पानीका मुहान र धारामा शुभ मुहूर्तमा सामूहिक रूपमा बिरूडा धोएर गौरा देवीको प्रतिस्थापन गर्ने चलन छ।
सप्तमीका दिन गौरा देवीलाई नजिकको मठ–मन्दिरमा भित्र्याएर पूजा–अर्चना गरी विवाहित महिलाले दुबधागो चढाउने गर्छन्। गौराष्टमीका दिन व्रत बसेर महिला बिहानैदेखि गौरा मनाउने स्थल गौरा खलोमा पूजाआजा गर्छन्। साँझपख अभिषेक गरेर दुबधागो घाँटीमा लगाएर देवीको पूजा गर्ने परम्परा रहेको पुरोहितको भनाइ छ।
सोही दिन महिलाले प्रसादका रूपमा बिरूडा ग्रहण गरी आफ्ना घरपरिवारका सदस्यको टाउकोमा पुज्ने र निधारमा बिरूडा थापिदिने चलन छ। सुदूरपश्चिमका दार्चुला, बैतडी, डडेल्धुरा, डोटीका बासिन्दाले दसैंभन्दा पनि बढी महत्वका साथ मनाउने गौराको आगमनले यतिबेला सुदूरपश्चिममा चहलपहल बढाएको छ।
गौरा पर्वको प्रमुख आकर्षणका रूपमा रहेको डेउडामा पौराणिक कथा, देवीदेवताका गाथा र धार्मिक ग्रन्थ गाउने गरिन्छ। त्यति मात्रै नभएर सामाजिक विकृतिविरूद्ध पनि डेउडाका माध्यमले तिखो व्यङ्ग्य गर्ने गरिन्छ। महिलाले यस अवसरमा आफ्ना सुख–दुःख डेउडाका माध्यमबाट व्यक्त गर्छन्।
गौरा विसर्जन नगरिएसम्म गौराघरमा पुरूष तथा महिला छुट्टाछुट्टै रूपमा गोलबद्ध भई स्थानीय लोक भाषामा देउडा, चैत, धमारी आदि खेल खेलेर आनन्द लिने चलन छ। साथै देउडा र धमारी, ढुस्को, होरी खेलसमेत खेल्ने गरिन्छ। गौरा पर्वमा देउडा गीतका माध्यमबाट एकअर्काका दुःख–सुख बाँड्नुका साथै माया–प्रेम बाँड्ने गरिन्छ।
यो पर्वलाई एकताका पर्वका रूपमा पनि लिइन्छ। गौरा पर्वका लागि काम विशेषले घरबाहिर गएका व्यक्तिहरु घर फर्किने गर्दछन्। अनुकूल तिथि हेरी विसर्जन गरिने गौरा पर्वले मानिसमा धार्मिक, आस्था, आपसी सद्भाव बढाउन मद्दत पुर्याउने मात्र नभई यस पर्वमा व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त हुने, इष्ट र कुलदेवता प्रशन्न हुने जनविश्वास छ।
तस्बिरहरू:
-ink-1756633893.jpeg)
-ink-1756633893.jpeg)
-ink-1756633892.jpeg)
-ink-1756633892.jpeg)
-ink-1756633892.jpeg)
-ink-1756633892.jpeg)
-ink-1756633891.jpeg)
-ink-1756633891.jpeg)
-ink-1756633890.jpeg)
-ink-1756633890.jpeg)
-ink-1756633890.jpeg)
-ink-1756633890.jpeg)
-ink-1756633889.jpeg)
-ink-1756633889.jpeg)
-ink-1756633889.jpeg)
-ink-1756633889.jpeg)
-ink-1756633888.jpeg)
-ink-1756633888.jpeg)
-ink-1756633888.jpeg)
-ink-1756633888.jpeg)