सिन्धुलीको दुधौली नगरपालिका–१४ मा घरायसी विवादका क्रममा एक व्यक्तिले आफ्नै आमाको हत्या गरेका छन्।
आइतबार दिउँसो साढे ११ बजे ४० वर्षीय तुलाराज सुनुवारले आफ्नी ६५ वर्षीया आमा फालकुमारी सुनुवारको हत्या गरेको प्रहरीको भनाइ छ।
आमासँग विवाद हुँदा उनले फलामको खन्तीले टाउको र छातीमा प्रहार गरेको सिन्धुली प्रहरीले जनाएको छ।
घटनास्थलमा पुगेको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा भाग्दै गरेका तुलाराजलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ।
घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय डकाहाबाट प्रहरी निरीक्षक सिमोन धितालको कमान्डमा एक टोली खटिएको छ।