सशस्त्र प्रहरी बलकी कुस्ती खेलाडी मृत फेला परेकी छन्।
आइतबार बिहान पौने १० बजे नागार्जुन नगरपालिका-४ कम्फर्ट हाउसिङको एक घरमा युवती मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।
बैतडी घर भई नागार्जुनमा डेरा गरी बस्दै आएकी २४ वर्षीया भावना चन्द मृत भेटिएकी हुन्।
उनी झुण्डिएको अवस्थामा फेला परेकी हुन्।
शव फेला परेपछि प्रहरीको टोली पुगेर मुचुल्काको काम अघि बढाएको थियो।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डिएसपी शैलेन्द्र थापाका अनुसार चन्द सशस्त्र प्रहरीमा आबद्ध कुस्ती खेलाडी हुन्।
उनी सिपाही पदमा कार्यरत थिइन्।