काठमाडौंको चम्तीबाट राजश्व छलेका विद्युतीय चुरोट (भेप) सहित तीन जना पक्राउ परेका छन्।
आइतबार चम्तीबाट ३८ लाख रुपैयाँ बराबरको भेपसहित तीन जनालाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले जानकारी दिए।
सिन्धुपाल्चोकका छिरिङ शेर्पा, रामबहादुर गुरुङ र सोलुखुम्बुका कृष्णबहादुर गुरुङ पक्राउ परेका हुन्।
उनीहरूले कोठा भाडामा लिएर भेप राख्ने गोदाम बनाएका थिए। गोदाममा विभिन्न कम्पनीका भेप राखिएका थिए।
गोदामभित्र ३ हजार ८०५ वटा भेप बरामद भएको छ। उक्त भेपको मूल्य ३८ लाख ५ हजार रुपैयाँ बराबरको छ।
थप अनुसन्धानका लागि तीन जनालाई भेपसहित राजश्व अनुसन्धान विभाग हरिहरभवनमा पठाइएको छ।