सिन्धुपाल्चोकमा मंगलबार राति भूकम्पको धक्का महसुस गरिएको छ।
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकास्थित तालामाराङ केन्द्रविन्दु गरेर मंगलबार राति ११ बजेर २३ मिनेटमा ४.० म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ।
मंगलबार नै बिहान ६ः१५ बजे गोरखाको हंशपुर आसपास ४.० र दिउँसो ३ः १३ बजे दोलखाको लापिलाङ केन्द्र गरेर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो।