काठमाडौंको पुतलीसडकमा माइक्रो भ्यानले ठक्कर दिँदा दुई जना बालबालिका घाइते भएका छन्।
बुधबार पौने १० बजेतिर काठमाडौं-२८ शंकरदेव क्याम्पस नजिकै भ्यानले दुई जना बालबालिकालाई ठक्कर दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।
बा प्र ०१-००२ च ८३२२ नम्बरको भ्यानले ठक्कर दिएको हो।
भ्यानको ठक्करबाट धनकुटाकी ५ वर्षीया बालिका र ९ वर्षीय बालक घाइते छन्।
बालिकाको अवस्था सामान्य छ भने बालकको अवस्था गम्भीर छ। बालकको उपचारका लागि अन्नपूर्ण न्यूरो अस्पताल लगिएको छ। बालकको टाउकोमा चोट लागेको छ।
भ्यान चालक सिन्धुपलान्चोक घर भई भक्तपुर बस्ने २९ वर्षीय रामहरी बिष्ट प्रहरीको नियन्त्रणमा छन्।