४५ वर्षअघि हत्या गरी फरार भएका व्यक्ति पक्राउ परेका छन्।
केन्द्रीय अनुसन्धान ब्युरोले एक जनालाई हत्या मुद्दामा ४५ वर्षपछि पक्राउ गरेको एसपी युवराज खड्काले जानकारी दिए।
सिन्धुपाल्चोक घर भई काठमाडौंको ताहाचल बस्ने ७० वर्षीय जिवनाथ तिमिल्सिना पक्राउ परेका छन्।
हत्या मुद्दामा उनलाई २० वर्ष कैद सजाय तोकिएको थियो।
२०३७ कात्तिक ७ गते सिन्धुपाल्चोकमा उनले जितबहादुर तामाङलाई आँखामा खुर्सानी धुलो छर्केर कुटपिट गरेको र पछि खुकुरी प्रहार गरी हत्या गरेको आरोप छ।
हत्या मुद्दामा दोषी ठहरिएका तिमल्सिनालाई गोप्य सूचनाको आधारमा खटिएको टोलीले ताहाचलबाट पक्राउ गरेको हो।
सजाय भुक्तानका लागि काठमाडौ जिल्ला अदालतमा पेस गरी उनलाई कारागार कार्यालय डिल्लीबजारमा चलान गरिसकेको छ।