गोरखा जिल्लाको अजिरकोट गाउँपालिकामा पहिलो पटक स्याउको परीक्षण उत्पादन सफल भएको छ।
तीन वर्ष अगाडि स्थानीय संजीव लामाले गाउँपालिकाको ५० प्रतिशत अनुदानमा सुरू गरेको मूलखर्क स्याउ फर्ममा पहिलो पटक स्याउ फलेको हो।
लामाका अनुसार गाउँपालिकाले उपलब्ध गराएको इटालियन तीन प्रजातिको ( गोल्डेन डेलिसियस, गाला र इटालियन फुजी ) बेर्ना तीन वर्ष रोप्न सुरू गरिएकोमा यस वर्ष भने उत्पादन दिन थालेको हो।
सामुन्द्रिक सतहदेखि २२ सय मिटरमा अवस्थित करिब २० रोपनी क्षेत्रफलमा स्याउको पहिलो पटक परीक्षण उत्पादन सफल भएपछि व्यावसायिक रूपमा उत्पादन गर्ने लामाले बताए।
अजिरकोट गाउँपालिकाको एक वडा एक कृषि फर्म कार्यक्रम अन्तर्गत स्थानीय स्तरमा स्याउको पहिलो पटक परीक्षण खेती गरिएको पालिका अध्यक्ष दीपक देवकोटाले जानकारी दिए।
उनका अनुसार गाउँपालिकामा २ नं वडामा तीन वटा स्याउ फर्म सञ्चालन गरिएको र तीन वटै फर्ममा स्याउको सफल परिक्षण उत्पादन भएको बताए।
त्यस्तै पालिकाभित्र ट्राउट माछाको परीक्षण गरिएको र त्यसको नतिजा पनि सकारात्मक रहेको अध्यक्ष देवकोटाले बताए।
पालिकाको विभिन्न वडामा स्याउ फर्मसँगै किवी फर्मको समेत पहिलो पटक सफल परीक्षण उत्पादन भएको देवकोटाले जानकारी दिए।
पालिकालाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउन स्थानीय किसानलाई कृषि कार्यक्रम अनुसार ५० देखि ८० प्रतिशत सम्म कृषि अनुदान प्रदान गर्दै आएको उनले जानकारी दिए। जसअन्तर्गत बाजो खेतमा खेती गर्ने किसानहरूलाई हाते ट्याक्टर लगायतका कृषि उपकरण वितरण समेत गरिएको छ।
त्यस्तै गोठ तथा खोर सुधार कार्यक्रम अन्तर्गत पशुचौपाया बिरामी परेको अवस्थामा (क्यू आर टी) दुर्त प्रतिक्रिया टोली समेत परिचालन गरिएको देवकोटाले जानकारी दिए।
त्यस्तै पालिकाको १ र २ नं वडा लागि अर्गानिक कृषि उत्पादन क्षेत्र घोषणा गरिएको छ।
-1758350482.jpg)
-1758350482.jpg)
-1758350481.jpg)
-1758350481.jpg)
-1758350477.jpg)
-1758350478.jpg)
-1758350480.jpg)
-1758350480.jpg)
-1758350478.jpg)
-1758350476.jpg)
सबै तस्बिर: नेपाल फोटो लाइ्ब्रेरी