भदौ २४ गते जेन जी आन्दोलनको दोश्रो दिन आन्दोलनकारीहरुले आगजनी गरेको रामशाह पथस्थित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भवन प्रयोग गर्न अयोग्य भएको छ ।
नेपाली इन्जिनियरिङ इतिहास र आर्किटेक्टको दृष्टिकोणले सो भवनलाई विश्वकै नमूनाको रुपमा लिइने गरिन्छ। विश्वको प्रख्यात आर्किटेक्ट लुई कानको शैलीमा पिल्लरविनाको नमुना भवनको रुपमा यस भवन रहेको छ ।
सहरी विकास तथा भवन निर्माण विभागको नेतृत्वमा नेपाल इन्जिनियर्स एसोसिएसनका ईन्जिनियरहरुले गरेको अध्ययनबाट मन्त्रालयको यो भवन प्रयोग गर्न नमिल्ने निष्कर्ष निकालेको हो।
एसोसियसन अध्यक्ष सुवासचन्द्र बरालले जेनजी आन्दोलनको क्रममा आगजनी, तोडफोड भएको सो मन्त्रालयको भवन तत्कालका लागि प्रयोगमा ल्याउन नसक्ने अवस्थामा रहेको प्रारम्भिक निरीक्षणले देखाएको बताएको हो।
‘स्वास्थ्य मन्त्रालयको भवनको अवस्था हेर्दा यसको वालहरुमा त्यति क्षति नभए पनि अरु पूर्ण क्षति भएको अवस्था छ। जसले गर्दा यसलाई हाललाई प्रयोग गर्न अत्यन्त जोखिम छ। त्यस्तै गरेर हामी केही समय अघि सर्वोच्च अदालत हेर्यौं। यसको पनि उत्तरपट्टिको भाग बढि जोखिम छ। त्यसकारण यसमा पनि काम गर्न गाह्रो छ। त्यही भवनको दक्षिणतिरको भाग केही कम क्षति भएको कारणले काम गर्न सहज हुने सुझाव दिएका छौं,' उनले भने।
तस्बिरहरुः
-ink-1758376605.jpeg)
-ink-1758376605.jpeg)
-ink-1758376605.jpeg)
-ink-1758376605.jpeg)
-ink-1758376603.jpeg)
-ink-1758376603.jpeg)
-ink-1758376604.jpeg)
-ink-1758376604.jpeg)
-ink-1758376604.jpeg)
तस्बिर : नेपाल फोटो लाइब्रेरी