काठमाडौंको बालाजुमा बस पल्टिएको छ।
आइतबार बिहान बालाजु बाइपासमा बा ५ ख ५० नम्बरको बस पल्टिएको काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका डिएसपी लोकेन्द्रसिंह गुरूले जानकारी दिए।
उनका अनुसार बसमा रहेका ३४ जना यात्रु सामान्य घाइते छन्। उनीहरूलाई नजिकैका अस्पतालहरूमा पठाइसकेको छ।
पल्टिएको बसलाई अहिले क्रेनले उठाइसकेको छ।