चितवनमा होल्ड गरिएका सवारी साधनहरूलाई गन्तव्यतर्फ पठाउन थालिएको छ।
जिल्ला प्रहरीका डिएसपी रवीन्द्र खनालले सुरूमा रोकिएका यात्रुबाहक बसहरूलाई पठाउन थालिएको जानकारी दिए। त्यसपछि मालबाहक गाडीहरू पठाउन थाल्ने उनले बताए।
डिएसपी खनालका अनुसार जिल्लाभरका १५ ‘होल्डिङ स्पेस' मा ५ सय बाढी गाडी रोकिएका थिए।
रोकिएका गाडी पठाएर सकेपछि मात्रै नयाँ टिकट काट्न प्रहरीले अनुरोध गरेको छ।
‘बाटो पूर्ण रूपमा सञ्चालन भइनसकेको र सुरक्षित भइनसकेको हुँदा हाललाई काउण्टरबाट टिकट लिई जाने सवारी साधनलाई अर्को सूचना नआउँदासम्म टिकट काटी यात्रु जम्मा गर्ने कार्य नगर्न हुन अनुरोध छ,’ जिल्ला प्रहरीले जारी गरेको सूचनामा उल्लेख छ।
प्रहरी कार्यालयका अनुसार अहिले नारायणघाट-मुग्लिन सडक र पृथ्वी राजमार्गमा पहिरोको अवरोध छैन।