कैलालीमा सशस्त्र प्रहरी बलको तालिमको क्रममा बेहोस भएका ६ जनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइँदैछ।
शुक्रबार बिहान कैलालीको टीकापुरस्थित सशस्त्र प्रहरी बल नेपाल राजश्व, भन्सार तथा औद्योगिक तालिम शिक्षालयमा ७ जना बेहोस भएका थिए। त्यसमध्ये ६ जनालाई नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाडौं ल्याइरहेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
उनका अनुसार अत्यधिक गर्मीबीच भएको तालिमका कारण बेहोस हुनसक्छ।
अहिले काठमाडौं ल्याएर कहाँ उपचार गर्ने भन्ने यकिन भएको छैन।