उपभोक्ता अदालतले ललितपुरको स्वीमिङ पुलमा पौडी खेल्नेक्रममा करेन्ट लागेर अचेत बनेका सजिलमान शाक्यलाई क्षतिपूर्ति तिर्न स्क्वायर होटलको नाममा आदेश दिएको छ।
शुक्रबार अदालतका अध्यक्ष दिवाकर भट्ट, सदस्यहरू गेहेन्द्र राज रेग्मी र आनन्दराज पोखरेलको इजलासले शाक्य परिवारलाई एक करोड एक लाख रुपैयाँ क्षतिपूर्ति तिर्न भनेर स्क्वायर होटललाई आदेश दिएको सूचना अधिकारी होमनाथ कँडेलले जानकारी दिए।
सजिलमान शाक्य २०८० भदौ १५ गते स्क्वायर होटलमा परिवारसँग पौडी खेल्न पुगेका थिए। उनकी छोरी पनि पुल नजिकै थिइन्।
छोरीलाई लिन खोज्नेक्रममा बिजुली चुहावट भई २० सेकेन्डसम्म करेन्ट लागेर अचेत भएको थियो।
यसमा होटलको लापरवाही रहेको बताउँदै उनीहरू उपभोक्ता अदालत गएका हुन्।
उपभोक्ता अदालतले सजिलमान शाक्यको पक्षमा फैसला गरेको हो।
यस फैसलाको पूर्णपाठ आएपछि पुनरावलोकनका लागि विपक्षी होटल उच्च अदालतमा जान सक्छ।
यो पनि: