काठमाडौंबाट गोलीसहित दुई जना पक्राउ परेका छन्।
टोखा नगरपालिका-९ गोंगबु शिवमन्दिरस्थित काबेली गेष्ट हाउसबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सप्तरी राजविराजका २७ वर्षीय खगेन्द्र शर्मा र नरेफाँट बस्ने २२ वर्षीय शंकर गुप्ता छन्।
उनीहरूबाट प्रहरीले ४५ राउण्ड गोली, एउटा एसएलआर बन्दुकमा प्रयोग हुने म्याग्जिन र एउटा मेटल नक बरामद गरेको छ।
उनीहरूमाथि जिल्ला प्रहरी परिसर काठमाडौंबाट थप अनुसन्धान भइरहेको छ।