कैलालीमा रोकी राखेको ट्याक्टर सडक बाट खस्दा पानी बोकेर घर तर्फ जाँदै गरेकी एक बालिकाको मृत्यु भएको छ।
आइतबार बेलुकी जिललको मोहन्याल गाउँपालिका –६ सोल्टामा भे १ त ९०८१ नम्बरको ढुंगा लोड गरी रोकी राखेको ट्याक्टर अचानक सडकको बाँया तर्फ अन्दाजी १५ मिटर तल खस्दा नजिकै रहेको धाराबाट पानी लिएर घरतर्फ जाँदै गरेकी स्थानीय ९ वर्षीया जयसरा सिजापतीको घटनास्थलमै मृत्यु भएको हो ।
जयसरा स्थानीय उदीराम सिजापति मगरको छोरी हुन ।
जिल्ला प्रहरी प्रबक्ता डिएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार स्थानीय ७ वर्षीया माइरा विक घाइते भएकी छन्।
उनको टाउकोमा चोट लागेको छ। उनको स्थानीय मेडिकलमा उपचार भइरहेको तथा अवस्था सामान्य रहेको डिएसपी तिमिल्सिनाले बताए ।
घटनापछि सुर्खेतको बिरेन्द्र नगरपालिका छिन्छुका चालक सशिप वली फरार छन् । उनको खोजी भइ रहेको प्रहरीले जानकारी दिएको छ ।