काठमाडौंको खिचापोखरीबाट प्रहरीले ६ करोड बराबरको भेप बरामद गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले खिचापोखरीमा रहेको स्माइल योर च्वाइस पसल र भेपमान्डु ट्रेडर्सको गोदामबाट ६ करोड बराबरको भेप बरामद गरेको हो।
उक्त भेप गोदामबाट २८ हजार ५०० वटा भेप रहेको प्रहरीले बताएको छ।
ती भेप तस्करी गरी ल्याएको आरोपमा प्रहरीले उक्त गोदामका सञ्चालक ३२ वर्षीय नविन खड्कालाई नियन्त्रणमा लिएको छ।
न्यूरोड क्षेत्रमा भेपको अवैध कारोबार भइरहेको सूचनाको आधारमा प्रहरी गोदाममा पुगेको हो। प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान अघि बढाएको छ।