प्रधानमन्त्री बालेन्द्र शाह काठमाडौं महानगरपालिका प्रमुख हुँदा सुरू गरिएको र लामो प्रतीक्षा र संघर्षपछि राजधानीमा यमबुद्ध स्केटबोर्ड पार्क निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ।
सुरूदेखि नै स्केटबोर्ड पार्कलाई प्राथमिकतामा राखिए पनि जमिन प्राप्त गर्न नसक्दा काम रोकिएको सो पार्क अहिले निर्माणको अन्तिम चरणमा पुगेको हो।
सुरूमा वडा १६ मा निर्माण गर्ने तयारी भए पनि तत्कालीन वडा अध्यक्ष मुकुन्द रिजालको निधनपछि जग्गा प्राप्त गर्न नसक्दा योजना स्थगित भएको थियो।
अन्ततः काठमाडौं–५ का वडा अध्यक्ष वीरेन्द्र प्रजापति र स्थानीय समुदायको पहलमा १३ रोपनी सरकारी जग्गा संरक्षण गर्दै २०८१ जेठ २९ गतेदेखि पार्क निर्माण काम सुरू गरिएको थियो।
पार्कमा प्रमुख संरचनाहरू अन्तर्राष्ट्रिय स्तरको स्केटबोर्डिङ एरिया (र्याम्प्स, बोल्स र स्ट्रिट्ससहित), बालबालिकाको खेलमैदान, खुला व्यायामशाला (ओपन जिम), शौचालय ब्लक, भलिबल कोर्ट लगायत छन्।
युवाहरूको संस्कृतिलाई अभिव्यक्ति दिने, कला–संगीतलाई प्रोत्साहन गर्ने र परिवारमैत्री सामुदायिक स्पेसका रूपमा यो परियोजना अघि बढाइएको महानगरले जनाएको छ।
तस्बिरहरू:
-1779864090.jpg)
-1779864090.jpg)
-1779864090.jpg)
-1779864089.jpg)
-1779864088.jpg)
-1779864089.jpg)
-1779864088.jpg)
-1779864088.jpg)
-1779864089.jpg)
-1779864089.jpg)
-1779864088.jpg)
-1779864088.jpg)
-1779864087.jpg)
-1779864087.jpg)
तस्बिर: सुर्याम्स उप्रेती/ नेपाल फोटो लाइब्रेरी