मुस्लिम धर्मालम्बीहरुको महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिद तथा इदगाहमा हर्षोल्लासका साथ मनाइँदै छ।
बकर इदको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ।
इस्लाम धर्मावलम्बीहरूले रमजान पर्व (इदुल फित्र) सम्पन्न भएको करिब ७० दिनपछि बकर इद मनाइन्छ।
इस्लामिक पात्रोअनुसार १२औँ महिना दिल हिज्जाको १०औँ दिन यो पर्व मनाइन्छ।
यस दिन मुस्लिम समुदायका मानिस बिहानै स्नान गरी नजिकैका मस्जिद तथा इदगाहमा पुगेर सामूहिक नमाज अदा गर्छन्।
नमाजपछि एकापसमा अङ्कमाल गर्दै शुभकामना आदानप्रदान गर्ने चलन छ।
बकर इदका अवसरमा मक्का–मदिना पुगेर हज गर्नु शुभ मानिन्छ।
तर विभिन्न परिस्थितिका कारण विदेश यात्रा गर्न नपाएका धेरै श्रद्धालुले यस वर्ष घरमै बसेर पर्व मनाउने भएका छन्।
पर्वलाई धार्मिक मर्यादासहित सुरक्षित रूपमा मनाउन मस्जिद, इदगाह तथा अन्य धार्मिकस्थलमा आवश्यक सावधानी अपनाइएको छ।
यस अवसरमा अल्लाहप्रति आस्था र समर्पण व्यक्त गर्न धर्मले जायज मानेका जनावरको कुर्बानी (बलि) दिने प्रचलन रहेको छ।
धार्मिक मान्यताअनुसार अल्लाहका नबी इब्राहिमले आफ्ना प्रिय पुत्रलाई कुर्बानी दिनुपर्ने आदेश पाएपछि पूर्ण समर्पणका साथ त्यसलाई स्वीकार गरेका थिए।
उनको निष्ठा र विश्वासबाट अल्लाह प्रसन्न भई अन्ततः मानवको सट्टा जन्नतमा पालिएको दुम्बाको कुर्बानी भएको विश्वास गरिन्छ।
यही घटनाको सम्झनामा मुस्लिम समुदायले बकर इदमा कुर्बानी दिने परम्परा कायम राखेका छन्।
काठमाडौंको कास्मिरी तकिया मस्जिदमा यसरी मनाइँदै छ बकर इद।
हेर्नुस् तस्बिरहरूः
-ink-1779938704.jpeg)
-ink-1779938704.jpeg)
-ink-1779938704.jpeg)
-ink-1779938704.jpeg)
-ink-1779938703.jpeg)
-ink-1779938703.jpeg)
-ink-1779938704.jpeg)
-ink-1779938704.jpeg)
-ink-1779938703.jpeg)
-ink-1779938703.jpeg)
-ink-1779938703.jpeg)
-ink-1779938703.jpeg)
-ink-1779938703.jpeg)
-ink-1779938702.jpeg)
-ink-1779938702.jpeg)
-ink-1779938702.jpeg)
सबै तस्बिरः नेपाल फोटो लाइब्रेरी।