काठमाडौंको मध्यभागको खुला ठाउँ भृकुटीमण्डपको छेउभाग पूरै निलो रङको छानो देखिन्छ।
'हङकङ बजार' भनेर परिचित यो निलो रंगको प्लास्टिकले ढाकिएको ठाउँभित्र पूरै पसलहरू रहेका छन्।
२०४० को दशक सडकपेटीमा व्यापार गर्ने व्यवसायीहरूलाई व्यवस्थित गर्न तत्कालीन सरकारको अवाधराणा अनुसार यहाँ यसरी व्यापारिक क्षेत्र विस्तार गरिएको र व्यापारीहरूलाई त्यहाँ सारिएको भनिन्छ।
एक हजार भन्दा धेरै पसलहरू रहेको यहाँ विशेषगरी कम मूल्यमा कपडा, जुत्ता, ब्याग, मोबाइल एक्सेसरिज, खेलौना, भान्साका सामग्री र दैनिक उपभोगका सामान पाइन्छन्।
यहाँको बजार व्यवस्थापनको विषय बेला–बेलामा विवाद र चर्चामा पनि आउने गरेको छ।
देशकै प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार अघिको यो दृश्य अस्वाभाविक रहेको भन्दै आलोचना हुँदै आएको छ।
तस्बिरमा हेर्नुहोस् आकाशबाट कैद गरिएको यहाँको हङकङ बजार भनेर चिनिने व्यापारिक केन्द्र।
-1779948598.jpg)
-1779948598.jpg)
-1779948598.jpg)
-1779948597.jpg)
-1779948597.jpg)
-1779948597.jpg)
-1779948597.jpg)
-1779948597.jpg)
-1779948597.jpg)
-1779948596.jpg)
-1779948596.jpg)