प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को केन्द्रीय महाधिवेशन सचिवालयको बैठक बस्दैछ।
शनिबार बिहान ११ बजे ललितपुरको कुपन्डोलमा बैठक बस्ने अध्यक्ष परिषद् सदस्य सन्तोष परियारले जानकारी दिए।
बैठकका लागि ९ एजेन्डा तय गरिएको छ।
सहिदहरूप्रति सम्मान र संकल्प गर्ने, पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र प्रलोपाको कार्यभार सम्बन्धमा, पार्टी संगठन सम्बन्धि विशेष प्रस्ताव सम्बन्धमा, पहिलो एकता महाधिवेशन, संगठन निर्माण, सदस्यता वितरण र प्रतिनिधि छनोट, प्रदेश र जिल्ला तहमा पार्टी प्रशिक्षण, महाधिवेशन आयोजक समितिमा सदस्य थप गर्ने सम्बन्धमा, विचार मिल्ने वामपन्थी, समाजवादी-लोकतान्त्रिक शक्ति र समुहहरूसँग संवाद, एकता र ध्रुवीकरणका लागि संवाद समिति निर्माण गर्ने एजेन्डा तय गरिएको छ।
अन्य विविध विषयमा छलफल गर्ने एजेन्डा छ।